पाँचवटा आन्तरिक विमानस्थल विस्तार गरिँदै

पाँचवटा आन्तरिक विमानस्थल विस्तार गरिँदै


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले केही दिनअघि मात्रै गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग कालोपत्रेको सुरुवात आफैंले गरे।

देशको हवाई उडान व्यवस्थित भएमात्रै पर्यटक भित्र्याउन सकिने भन्दै पर्यटन मन्त्री अधिकारीले सार्वजनिक कार्यक्रममा बोल्दै आएका छन्। गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग कालोपत्रेसँगै ६ महिनाभित्र तयार हुने मन्त्री अधिकारीको दाबी छ। यही क्रममा आन्तरिक उडानतर्फको चारवटा विमानस्थल पनि छिट्टै विस्तार प्रक्रियामा जाने भएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फको चारवटा विमानस्थललाई व्यवस्थित गर्ने उद्देश्यले विस्तार गर्न लागेको बताइएको छ। सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने घोषणासँगै विभिन्न आन्तरिक विमानस्थलको सुधार तथा व्यवस्थापनले तीव्रता पाएको छ।

प्राधिकरणले जनकपुर, चन्द्रगढी, भरतपुर, धनगढी र सिमीकोट विमानस्थलको धावनमार्ग विस्तार गर्ने जानकारी दिएको छ । प्राधिकरणका प्रवक्ता विरेन्द्रप्रसाद श्रेष्ठले विशेषगरी जनकुपर चन्द्रगढी भरतपुर र धनगढीको विमानस्थको कालोपत्रेमा एक लेयर थपिने जानकारी दिए। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।