३३ केभी प्रसारण लाइनले मच्चायो बितण्डा, तार चुडिँदा घरमा क्षति

३३ केभी प्रसारण लाइनले मच्चायो बितण्डा, तार चुडिँदा घरमा क्षति


लमजुङमा ३३ केभी प्रसारण लाइनको तार चुडिएको छ । तार चुडिँदा एक घरमा क्षति पुगेको छ ।

जिल्लाको घेर्मु, बाहुँनडाँडा हुँदै उदिपुरसम्म निर्माण भएको उक्त प्रसारण लाइनको तार चुडिँदा बेंसीसहर नगरपालिका १० भोटेफाँटका लक्ष्मण तामाङको घरमा क्षति पुगेको हो । तार गत गत असोज ३० गते चुडिँएको थियो ।

एक्कासी तार चुडिँदा तामाङको घरमा रहेको सबै तार, मिटर, विद्युतीय उपकरणमा आगालागी भएको छ । उनका अनुसार घरका सदस्य घर बाहिर भएका कारण कुनै मानविय क्षति भने हुन पाएन् । ‘आगलागीका कारण करिव एक लाख बराबरको क्षति पुगेको छ ।’ तामाङले भने, घर माथिबाट तार टाँगिएको छ । कति बेला दुर्घटनामा परिने हो थाहा छैन् ।’

प्रसारण लाइन निर्माणका बेला नियमअनुसार कार्य नहुँदा यस्तो घटना हुन आएको उनको दुखेसो छ । ‘यस विषयमा पहिल्यै नै छलफल र सहि काम भएको भए यस्तो हुने थिएन । मेरो मात्र होइन् छिमेकी सबैको घर पनि जोखिममा छ ।’ उनि भन्छन्, ‘परियोजनाको त्रुटी छ । यस विषयमा पुनः अध्ययन, अनुसन्धान र मूल्याङ्कन गरी ३३ केभी प्रसारण लाइन प्रभावितका लागि मुआब्जा र क्षतिपूर्तीको व्यवस्था गर्नुपर्छ ।’

परियोजना निर्माणका क्रममा सार्वजनिक सुनुवाई, भेटघाट, मुआब्जा तथा क्षतिपूर्तिजस्ता विषयमा छलफल नभएका कारण समस्या आएको एफपिक तथा अधिकार मञ्च लमजुङका अध्यक्ष खेमजङ गुरुङले बताए । उनले प्रसारण लाइन पीडितलाई उचित क्षतिपूर्ति दिइनुपर्नेमा जोड दिए । यता, नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रका प्रमुख दिपक दाहालले घरमा पु¥याएको क्षतिबारे अध्ययन गरिने र मापदण्ड अनुसार भए नभएको हेरिने आश्वासन दिएका छन् ।