ट्रायथल टोली इजिप्टतर्फ

ट्रायथल टोली इजिप्टतर्फ


विश्व ट्रायथल च्याम्पियनसिपमा सहभागी हुन पाँच खेलाडीसहित नौ सदस्यीय नेपाली टोली आज इजिप्ट प्रस्थान गरेको छ ।

सहभागी खेलाडीमा आदर्श कार्की, ढकबहादुर पुलामी, राहुल दर्शन, युस्का महर्जन र सलोनी लामा रहेका छन् । त्यस्तै टोली प्रशिक्षकमा सुन्दर प्रजापति, व्यवस्थापकमा राजु दर्शन तथा अफिसियलमा रितेश श्रेष्ठ र भीमप्रसाद सुवेदी छन् ।

टोलीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्यसमेत रहनुभएका मोर्डन पेन्टाथलन सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठलगायतले सफलताको शुभकामना दिँदै सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।