टाटासुमो दुर्घटनामा आमाछोराको मृत्यु, सात घाइते

टाटासुमो दुर्घटनामा आमाछोराको मृत्यु, सात घाइते


रामेछाप नगरपालिका–२ खरानेपाखामा आज साँझ टाटासुमो दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने सातजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा ६० वर्षीया आमा ललिमाया कार्की र छोरा दुर्गाबहादुर कार्की रहेका छन् । घाइते सातजनालाई सदरमुकाम मन्थली ल्याइएको वडा नं. १ का वडाध्यक्ष नरबहादुर थापाले जानकारी दिए ।

ना.१ज ४८१२ नम्बरको टाटासुमो रामेछाप नगरपालिकाको कुकुरकाटे भञ्ज्याङदेखि रामेछापकै गोठगाउँ जाँदै गर्दा दुर्घटना भएको हो । सो टाटासुमो बाटोबाट करिब ३०० मिटर तल खसेको थियो ।