भारतको पञ्जावमा रेल दुर्घटना, कम्तीमा ५० को मृत्यु

भारतको पञ्जावमा रेल दुर्घटना, कम्तीमा ५० को मृत्यु


भारतको उत्तरी राज्य पञ्जाबस्थित अमृतसर शहरमा रेल दुर्घटना भएका छ । उक्त दुर्घटनामा कम्तीमा परी ५० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् ।

पठानकोटदेखि अमृतसर आउँदै गरेको उक्त रेलले मानिसहरूको भिडलाई ठक्कर दिँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । शुक्रबार साँझ साढे ६ बजेतिर अमृतसरको जोडाफाटकमा रेलवे ट्रयाकनजिकै रावणको पुत्ला दहन गरिरहेको भिड रेलको लिकमा पुगेपछि दुर्घटना भएको हो ।

स्थानीय पत्रकार रविन्दर सिंहलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएअनुसार रावणको पुत्लामा आगो लगाउनेबित्तिकै मञ्चबाट मानिसलाई पछाडि हट्न आग्रह गरिएको थियो । ठीक त्यहीवेला पछाडिबाट आएको रेलले मानिसको भिडलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । अमृतसर प्रहरीका कमिस्नर सुधांश शेखरले कम्तीमा ५० जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार मृतकको संख्या अझै बढ्न सक्छ ।