मोरङको उर्लाबारी नगरपालिका–७ स्थित नमुना बालगृहमा आश्रित बालबलिकाले पनि आज विजयादशमी मनाएका छन् ।
गृहमा आश्रित ४६ जना बालबालिकालाई उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोले टीका र जमरा लगाइदिएर आशीर्वाद दिए । गृहमा रहेका बालबलिकामा पनि विजयादशमीको उत्साह ल्याउन टीका लगाइदिएको नगर प्रमुख फागोले बताए ।
०५९ मा स्थापना भएको सो गृहमा देशका विभिन्न जिल्लाका ४६ जना बालबालिका आश्रित रहेको अध्यक्ष मिनादेवी बरालले जानकारी दिइन् ।
प्रतिक्रिया