तपाईंको यो साता (राशिफल, आश्विन ३१-०६ कार्तिक, २०७५)

तपाईंको यो साता (राशिफल, आश्विन ३१-०६ कार्तिक, २०७५)


– ज्यो.पं. नारायणप्रसाद दुलाल

मेष
सामाजिक काममा मरिहत्ते गरी खट्दासमेत चाहेको परिणाम नआउनाले दिक्क लाग्नेछ, तर अन्त्यमा प्रतिष्ठा प्राप्त हुने देखिन्छ । आर्थिक नोक्सानीपनि हुन सक्छ । साताको अन्त्यबाट प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । यो साताका लागि शुभ अङ्क १,३ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु अघि कात्यायनी भगवतीको स्मरण गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

वृष
दूरदराजमा रहेको स्थान अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । परिवारमा रमाइलो जमघट हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । पुराना साथीभाइसित भेटघाट र रामरमाइलो गरिने छ । भौतिक साधन जुटाउने समय छ । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग पहेंलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व नवदुर्गाको दर्शनगरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मिथुन
शैक्षिक, सामाजिक तथा न्यायिक क्षेत्रमा संलग्न व्यक्तिहरूले सफलता प्राप्त गर्नेछन् । मनमा हर्ष,उमङ्ग र उत्साह रहला । घरमा अतिथीको आगमन हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । रमाइलो यात्राको योग रहेको छ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग हरियो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शैलपुत्री भगवतीको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

कर्कट
मनमा हर्ष, उल्लास र आनन्दको वातावरण प्राप्त हुनेछ । दाम्पत्य जीवनमा आपसी माया एवं समझदारी कायम रहनेछ । विद्या र बुद्धिको विकास हुनेछ । सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग हल्का पहेंलो वा आकासे नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि चन्द्रघण्टा भगवतीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

सिंह
रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने समय छ । पेटका रोगीहरूलेआफ्नो स्वास्थ्य तथा खानपिनमा सजग रहनुपर्ने बेला छ । साताको अन्त्यबाट पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । आफ्नो इच्छानुसार काम गर्ने मौका मिल्नेछ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग रातो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु कालरात्री भगवतीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

कन्या
कुनै महत्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि कुष्माण्डा भगवतीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

तुला
माया गरेको मानिसबाट उपाहार प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिबाट तपाईको काममा सहयोग हुँनेछैन । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग खैरो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ब्रह्मचरणी भगवतीको आरधना गर्नाले अधिक सफलता हात पर्नेछ ।

वृश्चिक
दाजुभाई तथा छिमेकिबाट सहयोग तथा उपाहार प्राप्तिको योग रहेकोछ । दूरदराजमा रहेका अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । रमणीय र सुखद यात्राको योग छ । नवीन वस्त्र प्राप्तिको योग छ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग रातो वा केशरी हो । कुन शुभकर्म गर्नु पूर्व महागौरीको पूजा गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

धनु
आकस्मिक स्वास्थ्य समस्या सिर्जना हुनसक्ने भएकाले आफ्नो स्वास्थ्य एवं खानपानमा सजगता अपनाउनु होला । यात्राका क्रममा सचेतता अपनाउनु राम्रो हुनेछ । साताको पहिलोदिनबाट काम गर्ने जाँगर बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । साथीभाइसित भेटघाट गर्ने अवसर जुट्नेछ । यो साताका लागि शुभ अङ्क ७,९ र शुभ रङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु अघि स्कन्दमाता भगवतीको आरधना गरी यात्रा गर्नाले अधिक लाभ मिल्नेछ ।

मकर
कतै घुमघाम तथा धार्मिक यात्रामा जाने अवसर मिल्नसक्छ । सामूहिक लगानीमा गरिएको कार्यले लाभ दिलाउनेछ । व्यवसायमा नेतृत्व गर्ने अवसरसहित जिम्मेवारी प्राप्त हुनेछन् । पारिवारिक तथा इष्टमित्रहरूसित पनि मेलमिलाप हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग रहेको छ । यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग खैरो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कुम्भ
आफूभित्रको क्षमता प्रयोग गरे उचित स्थान प्राप्त गर्न सकिएला । बोलीको प्रभाव बढ्ने छ । धार्मिक मठ–मन्दिरको भ्रमण हुनेछ । भोज तथा मनोरञ्जनको निम्तो हात लाग्न सक्छ । साताको अन्त्यमा गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत र प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग सेतो वा घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु अघि महालक्ष्मीजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मीन
प्रतिष्ठित व्यक्तिहरूसँगको अन्तक्र्रियाले मनोबल उच्च बनाउनेछ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग सुन्तलारङ्ग वा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व शिद्धिदात्री भगवतीको दर्शनगरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।