एसियन रग्वीमा नेपाली महिला टोलीले प्रतिस्पर्धा गर्ने

एसियन रग्वीमा नेपाली महिला टोलीले प्रतिस्पर्धा गर्ने


मित्रराष्ट्र ब्रुनाईमा सञ्चालन हुने एसिया रग्वी ओमेन्स सेभेन्स ट्रफीमा नेपाली टोलीले सहभागिता जनाउने भएको छ । उक्त प्रतियोगितामा सहभागी हुन जाने महिला टोलीलाई नेपाल रग्वी संघका अध्यक्ष टंकलाल घिसिङले असोज २८ गते आइतबार बिदाइ गरेका छन् । प्रतियोगिता आगामी अक्टोबर २० र २१ सम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा सहभागिता जनाउने खेलाडीमा कप्तान एलिसा थापा, उपकप्तान सिर्जना राई, पञ्चमाया श्रेष्ठ, सुनिता तामाङ, सविना महर्जन, सावित्री पुर्जा, सविता लुइँटेल, सुजिना गुरुङ, सोनिका तामाङ, नानी तामाङ, अमृता किरात राई र मनीषा थापामगर रहेका छन् । त्यस्तै, व्यवस्थापकका रूपमा विनोद तामाङ, प्रशिक्षकमा राधिका हेट्टियाच्ची र फिजियोमा बिनु खड्का रहेका छन् । नेपाली टोली १८ तारिखमा ब्रुनाईतर्फ प्रस्थान गर्नेछ ।

प्रतियोगितामा एसियाका १० राष्ट्र नेपाल, भारत, पाकिस्तान, इन्डोनेसिया, फिलिपिन्स, ग्वाम, मलेसिया, लाओस, उज्वेकिस्तान र बु्रनाईले सहभागिता जनाउनेछन् । प्रतियोगितामा नेपालको अक्टुबर २० मा पाकिस्तान र भारतसँग खेल्नेछ ।

नेपाली खेलकुद क्षेत्रमा नेपाल रग्वी संघले विगतमा विभिन्न किसिमका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको आयोजना र सहभागिता जनाउँदै आएको छ । विगत ४ वर्षदेखि नेपाल रग्वी राष्ट्रिय पुरुष टिमले ओलम्पिक क्वालिफाईलगायत ३ पटक एसियन प्रतियोगितामा सहभागिता जनाइसकेको छ । नेपाल रग्वी महिला टिमले एसियन प्रतियोगितामा सहभागिता जनाइसकेको छ । २०१६ मा भारतको चेन्नाई तथा २०१७ मा लाओसमा सहभागिता जनाएर उत्कृष्ट प्रदर्शन गरेको अध्यक्ष घिसिङले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।