१४ अंकले बढ्यो नेप्से

१४ अंकले बढ्यो नेप्से


धितोपत्र बजारले नेपालीको महत्वपूर्ण पर्व दशैँलाई हरियो झण्डा देखाएर स्वागत गर्ने संकेत गरेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १४ दशमलव १५ बिन्दुले बढेर एक हजार २४२ दशमलव ४३ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३ दशमलव ५१ बिन्दुले बढेको छ ।

समग्रमा आज नेप्से १ दशमलव १५ बिन्दुले बढेको हो । कुल १५८ कम्पनीको १० लाख १६ हजार ४६० कित्ता शेयर रु. २६ करोड ९९ लाख १३ हजार ७२९ मूल्यमा खरिद–बिक्री भएको छ ।

नेप्से परिसूचक उल्लेख्य मात्रामा बढे पनि कारोबार रकममा भने सोचेजति वृद्धि हुन सकेन । कारोबार भएका दश उपसमूहमध्ये दुई उपसमूहको शेयर भने घटेको छ । जलविद्युत १ दशमलब ३१ र उत्पादन ९५ दशमलव ७३ बिन्दुले घटेको छ । यस्तै बैंकिङ १७ दशमलव ३७, होटेल ५५ दशमलव ३४, विकास बैंक १८ दशमलव १५, वित्त ३ दशमलव २४, निर्जीवन बिमा ८७ दशमलव ६१, अन्य ४ दशमलव २७, माइक्रोफाइनान्स ११ दशमलव १४, जीवन बिमा ५७ दशमलव ४९ बिन्दुले बढेका छन् ।

स्टकका अनुसार आज एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, सहयोगी विकास बैंक, नेको इन्स्योरेन्सका शेयरधनीले कमाएका छन् भने युनिलिभर, पञ्चकन्या माई हाइड्रोपावर, ङादी समूहका लगानीकर्ताले आज गुमाएका छन् ।