सिकागोमा ट्रम्पविरुद्ध ऱ्याली

सिकागोमा ट्रम्पविरुद्ध ऱ्याली


अमेरिकाको सिकागोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा हजारौँले प्रदर्शन गरेका छन् ।

आउँदो नोभेम्बरमा हुने सिनेटको मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा डेमोक्र्याट पार्टीका समर्थकले ट्रम्पको विपक्षमा प्रदर्शन गरेका हुन् । उनीहरूले ‘नीलोलाई मतदान’ लेखेका ठूला ब्यानर पनि फहराएका थिए ।

प्रदर्शनकारीहरुले ट्रम्पलाई ‘महिलाविरोधी एजेण्डा’ बोकेको राष्ट्रपतिका रूपमा चित्रित गर्दै मतदातालाई आफ्नो पक्षमा सहयोग गर्न सन्देश प्रवाह गरेका थिए ।

निर्वाचनलक्षित ऱ्याली डाउनटाउन पार्कबाट सुरु भएको थियो । ऱ्यालीमा सहभागीलाई डेमेक्र्याट्सका तर्फबाट हिलारी क्लिन्टनले भिडियोमार्फत सम्बोधन गर्दै आफ्ना उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गरेकी थिएन् ।

ट्रम्प प्रशासनलाई उत्तरदायी र जिम्मेवार बनाउन आफ्नो पक्षलाई जिताउनुपर्ने हिलारीको भनाइ थियो ।