निर्वाचनलक्षित आक्रमणमा २२ को मृत्यु

निर्वाचनलक्षित आक्रमणमा २२ को मृत्यु


अफगानिस्तानको ताखार प्रान्तमा आयोजित चुनावी ऱ्यालीमा शनिबार भएको बम आक्रमणमा परी मृत्यु हुनेहरूको संख्या २२ पुगेको सरकारी अधिकारीहरूले जनाएका छन् ।

अफगानिस्तानमा यही अक्टोबर २० तारिखका दिन हुने संसदीय र प्रान्तीय निर्वाचन नजिकिँदै गर्दा हिंसाका घटना बढ्दै गएका छन् ।

निर्वाचनलक्षित हिंसात्मक घटनामा परी अहिलेसम्म सयौँको मृत्यु भइसकेको छ । शनिबार ताखार प्रान्तमा आयोजित ¥यालीमा भएको आक्रमणमा परी ३६ जना घाइते भएको अधिकारीहरूले जनाएका छन् ।

आक्रमणकारीले उक्त ऱ्यालीमा सम्बोधन गर्न महिला उम्मेदवार नजिफा युसोफी बेग आइपुग्नु ठीक अघि विस्फोट गराएका थिए ।