हाप्किडोमा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक

हाप्किडोमा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक


रसियामा भएको युरोपियन हाप्किडो च्याम्पियनसिपमा प्रदीप थापाले कांस्य पदक दिलाएका छन् । असोज २७ गते शनिबार भएको खेलमा प्रदीपले ७२ केजी तौल समूहमाथि कांस्य पदक जित्न सफल भएको नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्तिमगरले जानकारी दिएका छन् ।

द युनियन अफ हाप्किडो फेडेरेसन रसियाको आयोजनामा सेन्ट पिटर्सबर्गमा भएको च्याम्पियनसिपमा कांस्य जित्दै प्रदीपले पहिलोपटक हाप्किडोमा अन्तर्राष्ट्रिय पदक दिलाएका हुन् । उक्त प्रतियोगिता अल स्टाइल स्पोर्टसमा भएको थियो । च्याम्पियनसिपमा संघका प्रमुख प्रशिक्षक लानम लामा र टिम व्यवस्थापकमा दीपेन्द्र तामाङ रहेका थिए ।

१२ देखि १३ अक्टोबरसम्म सञ्चालन भएको च्याम्पियनसिपमा अमेरिका, भारत, रसिया, अर्मेनिया, इरान, अस्ट्रिया, जर्मनी र नेपाललगायत १ दर्जन राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।