कसलाई खुसी तुल्याउन यस्तो ‘प्लान’ रच्दैछन् प्रचण्ड ?

कसलाई खुसी तुल्याउन यस्तो ‘प्लान’ रच्दैछन् प्रचण्ड ?


भारत भ्रमणबाट फर्किएयता अत्यन्त उत्साही देखिएका प्रचण्ड केपी शर्मा ओलीबाट आफूलाई सजिलै प्रधानमन्त्री पद हस्तान्तरण हुने र पार्टीको एकलौटी अध्यक्ष बन्न सहयोग पुग्ने ठान्दैनन् । त्यसैले जतिसक्दो चाँडो केपी ओलीलाई विस्थापित गरेर आफ्नो स्थान सुरक्षित बनाउने र ‘कसैलाई’ खुसी तुल्याउने प्लानअनुसार प्रचण्ड सक्रिय हुन थालेका छन् ।

उनको अहिलेको योजना संसदीय दलमा बहुमत जुटाएर नेता परिवर्तन गरी प्रधानमन्त्री पदबाट ओलीलाई विस्थापित गर्नु रहेको बुझिन्छ । त्यसनिम्ति माधवकुमार नेपाललाई आफ्नो पक्षमा मिलाउन प्रचण्डले भरमग्दुर प्रयास गरिरहेका छन् । कदाचित संसदीय दलको नेता तथा प्रधानमन्त्री पदबाट ओलीलाई सजिलै विस्थापित गर्न सकिएन भने ‘महान् उपलब्धिहरूको रक्षा’ का निम्ति भन्दै सर्वपक्षीय सरकार गठनको नारा अघि सार्ने र आफैँ प्रधानमन्त्री बन्ने प्लानमा प्रचण्ड रहेका छन् । यो प्रचण्डको दोस्रो वैकल्पिक योजना हो ।

यसमा पनि सफल बन्न नसके पार्टी विभाजन गरेर ‘एमाले’बाहेकका सबैको गठबन्धन बनाएर प्रधानमन्त्री बन्ने तेस्रो र अन्तिम प्लान प्रचण्डको भएको बुझिन्छ । तर, आफू पार्टीको एकलौटी अध्यक्ष नबन्ने अवस्था देखिएमा मात्र प्रचण्ड ‘तेस्रो प्लान’मा लाग्ने देखिएको छ ।