सिड्नीमा दशैँ साँझ आयोजना हुँदै

सिड्नीमा दशैँ साँझ आयोजना हुँदै


राजन घिमिरे, अष्ट्रेलिया

सिड्नीमा शनिबार भब्य रूपमा सम्पन्न हुन गैरहेको दशै सांझको तयारी सकिएको आयोजकले जनाएको छ । सिड्नीको रगडेलमा रहेको इन्द्रेणी फंग्सन सेन्टरमा कार्यक्रम आयोजना हुँदैछ ।

‘शनिबार साँझ सिड्नीवासी नेपालीहरूलाई रमाइलो गर्न कलाकारहरू नेपालबाट हिंडी सक्नु भएको छ, उहाँहरू शुक्रबार बिहान सिड्नी आइपुग्दै हुनुहुन्छ ।ु कार्यक्रम आयोजक बिन्दु पौडेल र लक्ष्मण सापकोटाले जानकारी दिए ।

कार्यक्रममा चर्चित गायक गायिकाहरू रामचन्द्र काफ्ले, जुनु रिजाल, शिव हमाल र सिर्जु अधिकारीले गीत संगीत प्रस्तुत गर्नेछन् भने सो सांगीतिक कार्यक्रम मनोरन्जकमूलुक हुने दाबी गरिएको छ ।

प्रवासमा रहेर आफ्नो जीवन अगाडि बढाइरहनुभएका सिड्नीवासी नेपालीलाई गाउँघरकै झलक दिने प्रस्तुतिहरू पस्कन आफूहरू तयार रहेको कुरा सम्बन्धित कलाकारहरूले बताएका छन् ।