तपाईंको यो साता (राशिफल १०–१६ असोज ०७५)

तपाईंको यो साता (राशिफल १०–१६ असोज ०७५)


– ज्यो. पं. नारायणप्रसाद दुलाल

मेष
राज्यबाट सहयोग मिल्नेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । बन्दव्यापार र पेसा–व्यवसायका क्षेत्रमा उन्नति–प्रगतिको वातावरण बन्नेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । वाहन लाभ पनि हुनेछ । यो साताका लागि शुभअङ्क ५, ६ र शुभरङ आकासे नीलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नुअघि शिवजीको आराधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

वृष
राज्यबाट मान–सम्मान पाइनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । आफन्तहरूको सहयोगले कार्यहरू अगाडि बढ्नेछन् । लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । साताको अन्त्यमा विवाद, तनाव र असमझदारी बढ्नाले निर्णयमा पुग्न सकिँदैन । यो साताका लागि शुभअङ्क २, ७ र शुभ रङ घ्यूरङ हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवजीको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मिथुन
विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन अलि बढी नै सङ्घर्ष गर्नुपर्नेछ । काम बिग्रने हुँदा मान–सम्मानमा कमी हुनेछ । शुक्रबारबाट राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सकिनेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिनेछ । रमाइलो यात्राको योग रहेको छ । यो साताका लागि शुभअङ्क ३, ४ र शुभरङ सिन्दुरे वा हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व बिघ्नहर्ता गणेशजीको पूजा अर्चना गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कर्कट
अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । तार्किक क्षमता बढ्ने तथा परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । आइतबारबाट कार्यक्षेत्रमा अरूले गरे–भनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । यो साताका लागि शुभअङ्क २, ८ र शुभरङ सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व सूर्यको दर्शन गरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

सिंह
सामाजिक सेवा गर्ने अवसरले मान–प्रतिष्ठा बढाउनेछ । राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । व्यवसायका क्रममा यात्रा गर्नुपर्नेछ । साताको अन्त्यबाट अपरिचित व्यक्तिसँग छिटो विश्वासमा पर्नाले आर्थिक नोक्सानी हुन सक्छ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । यो साताका लागि शुभअङ्क १, ९ र शुभरङ सुन्तला वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

कन्या
सङ्कटको सामना गर्दै उपलब्धि हासिल गर्नुपर्नेछ । कार्यक्षेत्रमा अरूले गरे–भनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । काममा ढिलासुस्ती पनि देखिन सक्छ । साताको अन्त्यमा अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । यो साताका लागि शुभअङ्क २, ६ र शुभरङ पहेँलो वा हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि नवग्रहको स्मरण गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

तुला
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । यो साताका लागि शुभअङ्क १, ६ र शुभरङ सेतो हो । कुन शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि माता बगलामुखीको स्मरण गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

वृश्चिक
धर्मकर्म, परोपकार, समाजसेवाजस्ता कार्यमा मन लाग्नेछ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । साताको अन्त्यमा सानोतिना समस्यामा अल्झिनुपर्नेछ । सामान हराउने वा चोरी हुने भय छ । यो साताका लागि शुभअङ्क ५, ८ र शुभरङ रातो वा नीलो हो । कुनै शुभकर्म गर्नुपूर्व कालभैरवको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

धनु
महत्वपूर्ण अवसर गुम्न सक्नेछ । दाम्पत्यजीवनमा एक किसिमको निरसता आउन सक्छ । साताको अन्त्यबाट तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । यो साताका लागि शुभअङ्क ६, ९ र शुभरङ गुलाबी वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व महासरस्वतीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मकर
आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुन सक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । धार्मिक, सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । यो साताका लागि शुभअङ्क ४, ७ र शुभरङ गुलाबी वा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान्को दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कुम्भ
दाजुभाइ वा नजिकका मित्रले सकेको सहयोग र सद्भाव प्रदान गर्नेछन् । अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ, सचेत हुनुपर्छ । साताको अन्त्यमा बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यो साताका लागि शुभअङ्क १, ८ र शुभरङ नीलो वा घुर्मैलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि शिवजीको ध्यानगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मीन
परिस्थिति पहिचान गरी पुरुषार्थ प्रदर्शन गर्न सके मान–प्रतिष्ठा प्राप्त हुन सक्छ । स्वास्थ्यमा समस्या आउला । बिहीबारबाट बहुप्रतीक्षित काममा सफलता हात पर्नेछ । धार्मिक वा आध्यात्मिक प्रवचन वा गाथा सुन्दा सन्तुष्टिको अनुभूति गर्नुहुनेछ । दैनिक कार्यहरू सम्पादन हुनेछन् । यो साताका लागि शुभअङ्क ३, ९ र शुभरङ पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि गणेशजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।