मूल्यवृद्धिविरुद्ध नेविसंघ सडकमा

मूल्यवृद्धिविरुद्ध नेविसंघ सडकमा


चाडबाडका बेला पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा सवारीसाधनमा बढाइएको भाडा फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघले राजधानीका विभिन्न भागमा विरोध प्रदर्शन गरेको छ ।

काठमाडौंको प्रदर्शनीमार्ग, थापाथली क्याम्पस, पशुपति क्याम्पसलगायत क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, सार्वजनिक सवारीसाधानमा बढाइएको भाडा फिर्ता गर, बलात्कारीलाई कारबाही गर, बढ्दो महँगी नियन्त्रण गर, कानुनी राज्यको पालना गरजस्ता नारा लगाएर नेविसंघले विरोध गरेको हो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि र महिला हिंसाका दोषीलाई कारबाही गरेर पीडितलाई न्याय नदिएसम्म आन्दोलन जारी राख्ने नेविसंघ अध्यक्ष नैनसिंह महरले बताए ।