पदकविजेता खेलाडी सम्मानित

पदकविजेता खेलाडी सम्मानित


नेपाल ओकिनावा सुरिकेन शोरिन रियो कराते संघले पदकविजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ । सिंगापुरमा गत सेप्टेम्बर १ तारिखमा भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगिताका पदकविजेता ८ वर्षीय आर्यन रञ्जित र सागर शाहीलाई नगदसहित सम्मान गरिएको हो । दुवैलाई जनही १५ हजार नगदसहित प्रशंसापत्र प्रदान गरिएको छ । सो अवसरमा उक्त प्रतियोगितामा टिम व्यवस्थापकको भूमिका निर्वाह गरेका रामकृष्ण श्रेष्ठ र प्रशिक्षक सञ्जय रञ्जितलाई पनि प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले उनीहरूलाई नगद र प्रशंसापत्र प्रदान गरेका थिए । सदस्यसचिव विष्टले कलिलै उमेरमा अन्तर्राष्ट्रिय पदक जितेर आर्यनले राष्ट्रलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउन सफल भएको बताउँदै आर्यनको भविष्य उज्ज्वल रहेको धारणा व्यक्त गरेका थिए ।