राष्ट्रिय फुलकन्ट्याक्ट कराते सोमबार

राष्ट्रिय फुलकन्ट्याक्ट कराते सोमबार


इन्टरनेसनल फेडेरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आईएफकेके) को आयोजनामा प्रथम राष्ट्रिय पुरुष तथा महिला तौल समूह फुलकन्ट्याक्ट कराते प्रतियोगिता असोज ८ सोमबारदेखि हुने भएको छ ।

प्रतियोगितामा विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक आईएफकेकेका संस्थापक अध्यक्ष प्रेम लामाले जनाएका छन् । पुरुषतर्फ ३५ केजीमुनि, ५५ केजीमुनि र ६० केजीमुनि तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने महिलामा ४५ केजीमा खेल हुनेछ । त्यस्तै, स्कुलतर्फ पुरुष २५ केजीमुनि भिडन्त हुनेछ ।

एकदिने प्रतियोगितामा करिब १ सय ५० खेलाडीको सहभागिता रहने अध्यक्ष लामाले जानकारी दिए । एकदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।