काबरा ग्रुपको नयाँ उत्पादन पास्ता र सेबई बजारमा

काबरा ग्रुपको नयाँ उत्पादन पास्ता र सेबई बजारमा


खाद्य वस्तुको उत्पादक काबरा ग्रुपले सुजीबाट निर्मित पास्ता र सेबई बजारमा ल्याएको छ । विगत ३० वर्षदेखि विभिन्न खाद्य वस्तुको उत्पादन गर्दै आएको काबराले आफ्नो नयाँ उत्पादन बजारमा ल्याएको हो ।

स्वास्थ्यका लागि अहितकर मानिएको मैदाबाट निर्मित पास्ता र सेबई नेपाली बजारमा आइरहेका बेला यो समूहको क्वालिटी थाई फुड्सले सुजीबाट निर्मित पास्ता र सेबई बजारमा ल्याएको सञ्चालक विपीन काबरा बताउँछन् । यो समूहको नेतृत्व घनश्याम काबरा गर्दै आएका छन् । नेपालमा सङ्गठित रूपमा औद्योगिक घरानाले सुजीबाट निर्मित पास्ता र सेबईको पहिलो पटक उत्पादन गरेको हो । स–साना कुटीर उद्योगले मैदाबाट पास्ता र सेबईको उत्पादन गर्दै आएका छन् ।

क्वालिटी थाई फुड्सले चाउचाउ, साबुन, प्रशोधित खाने तेल र विभिन्न स्न्याक्सको उत्पादन गरिरहेको छ । पास्ता र सेबई दुबै खाद्य सामग्री म्याक–पा, पिज्जो र टुल्के ब्रान्डमा ल्याइएको विपीनले बताए । पास्ता १ र ५ किलोको तथा सेबई १ किलोग्रामको प्याकिङमा ल्याइएको र केही दिनमै ससाना पाकेटमा पनि उत्पादन गरिने काबराले जानकारी दिए ।