भोटेकोसीमा बाढीको सूचना दिने साइरन जडान

भोटेकोसीमा बाढीको सूचना दिने साइरन जडान


सिन्धुपाल्चोकको बाह्रबिसे बजारस्थित भोटेकोसी नदीको पुलमा बाढीको पूर्वसूचना दिने यन्त्र जडान गरिएको छ ।

‘हरिमाया फाउन्डेशन’ नामक संस्थाले जडान गरेकोको उक्त यन्त्रले तीन किलोमिटर टाढासम्म साइरनद्वारा बाढीको पूर्वसूचना दिने काम गर्ने संस्थाका कार्यकारी सदस्य नवीन श्रेष्ठले जानकारी दिए ।

हालै मात्र उक्त यन्त्र जडान गरिएको र स्थानीयवासीको माग भई आएमा अन्य स्थानमा पनि जडान गरी मानवीय क्षति हुनबाट स्थानीयवासीलाई सचेत गराउने उद्देश्य रहेको क्षेष्ठको भनाइ छ । ०७३ साल असार २१ गते चिनियाँ क्षेत्रमा आएको बाढीले सीमा नदीको रूपमा बग्ने भोटेकोसीले ठूलो भौतिक क्षति पु¥याएको थियो ।

डेढ वर्षदेखि सामाजिक सेवा गर्दै आएको संस्थाले क्यान्सर तथा मिर्गौलाजस्ता गम्भीरखाले बिरामीलाई रु. २५ हजारसम्म आर्थिक सहयोग प्रदान गर्दै आएको बताइएको छ ।