रसुवाको खोपङ्गभीरमा पहिरो, सवारी आवागमन बन्द

रसुवाको खोपङ्गभीरमा पहिरो, सवारी आवागमन बन्द


रसुवाको धुन्चेस्थित खोपङ्गभीरमा पहिरो गएको छ । ढुंगासहितको पहिरो खसेपछि रसुवागढी भएर भित्रिने मालवाहक सवारीका साधनहरु रोकिएका छन् भने यात्रुहरुलाई समेत आवातजावतमा समस्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार आईतबार पहिरो खसेपछि अवरुद्ध भएको सडक अझै सुचारु हुन सकेको छैन् । खोपङ्ग भीरमा पहिरो खसेपछि गाडीहरु रसुवागढी नाकातर्फ रोकिएका छन् । दशै नजिकिएसँगै चीनबाट सामान बोकेर आएका मालबहाक कन्टेनरहरु पहिरोका कारण रोकिएका हुन् । कन्टेनरहरुले चीनबाट स्याउ र मोबाइल सेवा प्रदायक कम्पनी एनसेलका सामानहरु ल्याएको प्रहरीले जनाएको छ ।