यसरी शुरु भयो काठमाडौं उपत्यकामा गाइजात्रा (फोटोफिचर)

यसरी शुरु भयो काठमाडौं उपत्यकामा गाइजात्रा (फोटोफिचर)


दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्माको शान्तिका लागि हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि श्रीकृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा राजधानी उपत्यकामा आजदेखि शुरु भएको छ । यस अवसरमा गाईलाई नगरपरिक्रमा गराउनाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई बैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ ।

यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र मृत्यलोक अर्थात पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतात्माले यमलोक प्रवेश गरी मुक्ति पाउने हिन्दूधर्मग्रन्थ पद्मपुराणमा उल्लेख भएको पनि सम्बद्ध विज्ञजन बताउँछन् ।

पुत्रशोकले विह्वल भएकी आफ्नी रानीको चित्त बुझाउन दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले ‘जनतालाई आ–आफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू’ भनी आदेश दिएकाले गाईजात्रा शुरु भएको ऐतिहासिक मान्यता पनि छ ।

यथार्थ जे भएपनि काठमाडौं उपत्यकामा खासगरी नेवार समुदायबीच एक महत्वपूर्ण संस्कृतिको रुपमा रहेको गाइजात्रा पर्वका अवसरमा छविकार प्रवीण श्रेष्ठद्वारा लिइएका केही तस्बिरहरु हेरौँ ।