विमानस्थलका कर्मचारीलाई कारवाही गर्न माग

विमानस्थलका कर्मचारीलाई कारवाही गर्न माग


पब्लिक ईनोभेटर ई. दिपेन्द्र कंडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका रडार कर्मचारीलाई कारबाही गर्न माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

सोमबार अपरान्ह सिंहदबारस्थित् मन्त्रालयमा पुगी कंडेलले मन्त्री अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् । त्रिभुवन विमानस्थलमा अवस्थित राडारमा कार्यरत कर्मचारीले गलत सूचना दिएको पाईएकाले उनीहरुलाई सरकारले तुरुन्त कडाभन्दा कडा कानुनी कारवाही गर्नुपर्ने माग राख्दै उनले आज मन्त्री अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

त्रिभुवन विमानस्थलको धावन मार्गलाई तत्काल अन्र्तराष्ट्रियस्तरको बनाउनुपर्ने पनि कंडेलले ज्ञापनपत्रमार्फत माग गरेका हुन् । कंडेलले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘यदि उक्त धावन मार्गलाई अन्र्तराष्ट्रिय स्तरको नबनाएसम्म त्रिभुवन विमानस्थलबाट कुनैपनि यात्रा नगर्न मेरो विनम्र अनुरोध छ ।’

जवाफमा मन्त्री अधिकारीले कंडेलले उठाएका मागहरु जायज रहेको बताउँदै आफूले अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गलाई आवश्यक सुधार गर्न टेण्डरसमेत प्रकाशित गरिसकेको जानकारी दिए । उनले विमास्थलमा कार्यरत राडार कर्मचारीको लापारवाहीका कारण हालै घटेको उक्त घट्नाबारे आफूलाईपनि जानकारी भएको बताउँदै सरकारको ध्यानाकार्षण गराएकोमा कंडेललाई धन्यवाद समेत दिए ।

त्यस्तै हालै त्रिभुवन विमानस्थलमा भएको युएस बंगला विमान दुर्घट्नाको प्रतिवेदनपनि विलम्ब नगरी बाहिर ल्याउनको लागि कंडेलले मन्त्री अधिकारीसँग आग्रह गरेका छन् ।