जीवनरामको हस्तक्षेपविरुद्ध एसियाडको झापड !

जीवनरामको हस्तक्षेपविरुद्ध एसियाडको झापड !


अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सिफारिस गरेका स्केटवोर्डका प्रशिक्षक डंगोलको नाम काटिएको समाचार प्राप्त भएको छ । नेपाल स्केटवोर्डका अध्यक्ष अच्युत खनालले १८औं एसियाली खेलकुद प्रतियोगिताका लागि अर्कै प्रशिक्षकको नाम सिफारिस गरे पनि जीवनराम श्रेष्ठले आफ्ना कार्यकर्ता डंगोलको नाम एसियाडमा सिफारिस गरेर पठाएका थिए ।

यसको जानकारी पाएपछि अध्यक्ष खनालले यसको विरोध गर्दै आफुले सिफारिस गरेको प्रशिक्षकलाई नाम एसियाडमा पठाउन श्रेष्ठलाई अनुरोध गरेका थिए । तर श्रेष्ठले खनालको अनुरोधलाई उपेक्षा गर्दै ओलम्पिक कमिटीको अध्यक्षको धाक लगाउँदै डंगोलको नाम नै सिफरिस गरेर पठाएका थिए । यसरी श्रेष्ठले स्केटवोर्ड संघमाथि धावा बोल्दै प्रशिक्षकको कोटामा एसियाडमा आफ्नो मान्छेको नाम सिफारिस गरेर पठाएपछि खनाल र श्रेष्ठबीच अहिले पानी बाराबारको अवस्था छ ।

साथै स्केटवोर्ड खेलमा प्रतिस्पर्धा गर्ने एक मात्रै खेलाडी निरेश थापा मगर अहिले हङकङमा प्रशिक्षण गरिरहेका छन् । निरेश पनि प्रशिक्षकका कारण स्केटबोर्ड विवादमा तानिएपछि आफ्नो प्रशिक्षक डंगोल नभएको इमेल नेपाल ओलम्पिक कमिटीलाई पठाएको थाहा भएको छ । निरेशले ओलम्पिक कमिटीमा यस्तो इमेल पठाएपछि आक्रोशित बनेका श्रेष्ठले स्केटबोर्डको प्रशिक्षकमा डंगोल एसियाडमा नगए तिमी पनि एसियाडमा खेल्न नपाउने भनेर धम्क्याएको स्रोतले जानकारी गराएको छ । प्राप्त जानकारीका अनुसार निरेश हङकङवाटै एसियाडमा प्रतिस्पर्धा जाकर्ता जाने कार्यक्रम रहेको छ ।

अध्यक्ष श्रेष्ठले खेलाडी निरेशलाई खेल्न नदिने भनेर धम्क्याएपछि अध्यक्ष खनालले पनि श्रेष्ठलाई धम्क्याएको स्रोतले बताएको छ । साथै खनालले नेपाल ओलम्पिक कमिटीमा जसरी पहिले ताल्चा लागेको थियो फेरि आफुले ताल्चा लगाइदिने भनेपछि श्रेष्ठ नरम भएको बुझिएको छ ।

स्मरणीय छ, सर्वोच्चले जीवनराम श्रेष्ठको ओलम्पिक कमिटीलाई अवैधानिक ओलम्पिक कमिटी भएको फैसला गरेपछि श्रेष्ठलाई प्रहरी बल प्रयोग गर्दै सातदोबाटोबाट लखेटेको थियो । अहिले उनै अध्यक्ष खनालको सहयोगमा ओलम्पिक कमिटीको ताल्चा खोलेर जीवनरामलाई गृह प्रवेश गराइएको थियो । स्केटबोर्डका अध्यक्ष खनाल चर्चित नेपाल कम्युनिस्ट पार्टीका बरिष्ट नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालका भतिजा हुन् ।

यसरी अहिले स्केटबोर्डको प्रशिक्षकको विवाद नेपालदेखि सुरु भएर जाकर्तासम्म पुगेको छ । अध्यक्ष श्रेष्ठको हस्तक्षेपका कारण एीसयाडमा स्केटवोर्डमा कुनै पनि प्रशिक्षक नरहेको बुझिएको छ । यसरी खेलाडी निरेशले प्रशिक्षक विनै खेलमा उत्रिनुपर्ने बाध्यता भएको स्रोतले खुलासा गरेको छ ।