बसले ठक्कर दिँदा मोटरसाइकलचालकको मृत्यु

बसले ठक्कर दिँदा मोटरसाइकलचालकको मृत्यु


बिपी राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास–सिन्धुली सडकखण्डमा बसले ठक्कँर दिँदा आज (आइतबार) एक मोटरसाइकलचाकलको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दिबास नगरपालिका– ३ बस्ने ३५ वर्षीय नेत्रबहादुर स्माइली मगर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गर्दा बर्दिबासबाट सिन्धुलीततर्फ जाँदै गरेको ना.३ ख ९९९९ नम्बरको बसले कालापानीमा मोटरसाइकललाई ठक्कँर दिँदा चालक स्माइलीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

मोटरसाइकल पछाडि बसेका सिन्धुली कमलामाई नगरपालिका– ११ का गम्भीर घाइते भएका इन्द्र आलेमगरको बर्दिबास जनसेवा अस्पतालमा प्राथमिक उपचार भइरहेको छ ।