प्रतिनिधिसभा समितिका सभापतिको निर्वाचन १७ भदौमा

प्रतिनिधिसभा समितिका सभापतिको निर्वाचन १७ भदौमा


प्रतिनिधिसभामातहतका विषयगत समितिको सभापतिको निर्वाचन १२ दिन पर धकेलिएको छ । प्रतिनिधिसभाको आज (शुक्रबार)को बैठकमा सभामुख कृष्णबहादुर महराले यही भदौ ५ गतेका लागि तोकिएको निर्वाचन मिति विशेष कारण भदौ १७ गते आइतबारका लागि सारिएको जानकारी दिए ।

बैठकमा उनले निर्वाचनको मिति संशोधनसम्बन्धी सूचना प्रकाशित गर्न सचिवालयलाई निर्देशनसमेत दिइएको जानकारी गराए । प्रतिनिधिसभामातहत १० विषयगत समिति छन् । यसअघि अर्थमन्त्री डा. युवराज खतिवडाले भुक्तानी तथा फस्र्योट विधेयक २०७५ सदनसमक्ष पेस गरे ।

अर्थमन्त्री डा. खतिवडाले भुक्तानीलाई सरल, सहज, सुरक्षित र छिटोछरितो बनाउन विधेयक ल्याइएको जानकारी गराए । प्रतिनिधिसभाको अर्काे बैठक यही भदौ ४ गते सोमबार दिनको १ बजे बस्नेछ ।