अमेरिकी गायिका अरिथा फ्रान्कलिनको निधन

अमेरिकी गायिका अरिथा फ्रान्कलिनको निधन


प्रसिद्ध अमेरिकी गायिका अरिथा फ्रान्कलिनको ७६ वर्षको उमेरमा निधन भएको छ । उनले गायनतर्फ अठारपटक ग्रामी अवार्ड जितेकी थिइन् ।

पेटको क्यान्सरबाट ग्रसित अरिथालाई ‘क्विन अफ सौल (आत्माकी रानी)’ को उपनामले पनि चिनिन्छ । शास्त्रीय र जनताका गीत गायनमा दख्खल यी महान् गायिकाको स्वास्थ्यस्थिति केही दिनदेखि गम्भीर अवस्थामा थियो ।

उनको निधन अमेरिकाको डेट्रोइटस्थित आफ्नै घरमा भएको थियो ।