सेयर बजारमा सामान्य सुधार

सेयर बजारमा सामान्य सुधार


सेयर बजारमा आज सामान्य अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोबार मापक नेप्से परिसूचक ०.६१ बिन्दुले बढेर एक हजार २१० मा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.०२ बिन्दुले घटेको छ ।

कुल १६६ कम्पनीको १३ लाख ६१ हजार ६२७ कित्ता शेयर रु. ४५ करोड ५२ लाख ४३ हजार ७८५ मूल्यमा खरिद–बिक्री भएका छन् ।

स्टकका अनुसार आज दुई उपसमूहको शेयर बढ्दा अन्य उपमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ४.१ र उत्पादन ७७.३२ बिन्दुले बढेको छ । यस्तै व्यापार ३.७१, होटेल २७.२५, विकास बैंक २.५३, जलविद्युत् १६.७७, फाइनान्स २.७५, निर्जीवन बिमा २०.७७, अन्य २.६४, माइक्रोफाइनान्स १३.७८ र जीवन बिमा २९.८७ बिन्दुले घटेका छन् ।