सिड्नीमा यस्तो रह्यो नारी निकुन्जको तिज

सिड्नीमा यस्तो रह्यो नारी निकुन्जको तिज


राजन घिमिरे

आधिकारिक रूपमा तिज आउन अझै एक महिना बाँकी छ । तर, प्रवासमा रहेका नेपाली नारीहरूलाई भने तिजको मौसमले छोइसकेको छ । यसमा पनि अष्ट्रेलिया अगाडि देखापरेको छ । अष्ट्रेलियामा गत साताबाट शुरू भएको तीजसम्बन्धी विभिन्न सांस्कृतिक कार्यक्रमहरूले राम्रै साथ पाइरहेको छ ।

यसैबीच गैरआवासीय नेपाली संघ, अष्ट्रेलियाको भगिनी संस्था नारी निकुञ्ज न्यू साउथवेल्सको तिज कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । गायिका माण्डवी त्रिपाठीले आफ्ना चर्चित गीत गाएर सिड्नीवासीलाई मनोरन्जन प्रदान गरेकी थिइन ।

सिड्नीको क्याम्प्सी ओरियन फङ्सन सेन्टरमा आयोजना गरिएको परोपकारी तिज कार्यक्रममा महिलाहरूको उल्लेख्य उपस्थिति थियो ।

कार्यक्रममा नारी निकुञ्ज न्यूसाउथ वेल्सकी संयोजक सन्ध्या शाहले स्वागत गर्दै विगतका वर्ष जस्तै अहिले पनि संस्थाले गरेको काममा हातेमालो गर्न तीजमा सहभागी भएका सबैलाई स्वागत तथा सहयोगीलाई धन्यवाद प्रकट गरेकी थिइन् ।

कार्यक्रममा नारी निकुन्ज अष्ट्रेलियाकी संयोजक प्रतिज्ञा अधिकारीले परोपकारी कार्यक्रममा सहभागी सबै धन्यवादको पात्र भएको बताइन् ।

औपचारिक कार्यक्रम सञ्चालन नारी निकुन्ज अष्ट्रेलियाकी सचिव मोनी लिम्बुले गरेकी थिइन् भने विभिन्न सांस्कृतिक प्रस्तूतिमा सहभागीले नेपालमै तीज मनाएको झल्को पाएका थिए ।

संस्थाको तर्फबाट राधिका बानियाँ, सपना अधिकारी, इन्दिरा रोक्का, पवित्रा न्यौपाने, सृष्टि देवकोटा, पेमा शेर्पाले आफ्ना प्रस्तुति पस्केका थिए ।

औपचारिक कार्यक्रममा एनआरएनका आईसीसी सदस्यहरू जानकी पौडेल, उषाकिरण बरिया पोखरेल, एनआरएनका उपाध्यक्ष नन्द गुरूङ, सचिव देव गुरूङ, नारी निकुञ्जकी संस्थापक उपाध्यक्ष अञ्जना पन्त ओली, नारी निकुञ्जकी पूर्वसंयोजक सिर्जना संग्रौला सुमित्रा विष्ट, सल्लाहकार मीना शर्मा लगायतको उपस्थिति थियो ।

तीज कार्यक्रमबाट संकलित रकमलाई नारी निकुञ्जले अष्ट्रेलियामा आफ्ना विविध गतिविधि तथा नेपालमा परोपकारी कार्यमा खर्च गर्दै आएको छ । विशुद्ध रूपमा सामाजिक कार्य गर्दै उद्देश्यले गरिएको यो कार्यक्रम भब्य र सभ्य रूपमा सम्पन्न भएको थियो ।