थासाङ स्पोर्टसबाट शक्ति र शोभा सम्मानित

थासाङ स्पोर्टसबाट शक्ति र शोभा सम्मानित


थासाङ स्पोर्टस् क्लबले भेट्रान क्रिकेटर शक्ति गौचन र ब्याडमिन्टन खेलाडी शोभा गौचनलाई सम्मान गरेको छ । सातौँ थासाङ रनिङ सिल्ड धनुषवाँण प्रतियोगिताको उद्घाटन समारोहका अवसरमा समाजले आफ्नो समाजअन्तर्गतका दुई खेलाडीलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले खेलाडीद्वयलाई सम्मानपत्र प्रदान गरेका थिए ।

थासाङ स्पोर्टस् क्लबको आयोजनामा जारी प्रतियोगिताको पहिलो दिन व्यक्तिगतका खेलहरू सञ्चालन भइरहेको छ । अन्तिम दिन भने टिम इभेन्टका खेलहरू सञ्चालन हुनेछन् । भदौ १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा व्यक्तिगततर्फ ५० जना खेलाडीको सहभागिता रहेको छ । टिम स्पर्धामा १३ टिमको सहभागिता जनाएका छन् ।