सूर्यविनायक र लोकन्थलीमा प्रेसर ककुर बम भेटियो

सूर्यविनायक र लोकन्थलीमा प्रेसर ककुर बम भेटियो


सूर्यविनायक र लोकन्थलीमा आज बिहानै प्रेसर ककुर बम फेला परेको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम भर्खरै निष्क्रिय पारेको छ । सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक तथा मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो ।

दुवै ठाउँको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए । उनले शान्ति सुरक्षाका लागि प्रहरी गस्ती र सादा पोशाकमा प्रहरी परिचालन गरिएको बताए । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज बन्दको आह्वान गरेको छ ।

यस्तै, काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित सतुंगलमा मंगलबार बिहान शंकास्पद वस्तु भेटिएको छ । सतुंगलमा रहेको सिप्रदी ट्रेडिङमा शंकास्पद वस्तु भेटिएको हो ।

शंकास्पद वस्तु बम भएको अनुमान प्रहरीले गरे पनि खुलेको छैन ।

प्रहरीका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोली अहिले शंकास्पद वस्तु भेटिएको स्थानमा पुगेको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बम राखेको हुनसक्ने आशंका प्रहरीको छ