प्रकाण्डलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

प्रकाण्डलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश


केही दिनअघि पक्राउ गरी हिरासतमा राखिएका विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डलाई अदालतसमक्ष प्रस्तुत गर्न सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

सरकार तथा गृहमन्त्रालयलाई विपक्षी बनाई प्रकाण्डका छोरा नरेन्द्रबहादुर सिंह बिश्वकर्माद्वारा दायर गरिएको मुद्दामा सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।

निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू गोविन्द गौतम, शेरबहादुर केसी, विश्वप्रकाश भण्डारी, एकराज भण्डारी, यदुनाथ खनाल, श्रीहरि फुयाँलका साथै अधिवक्ताहरू कपिलचन्द्र पोखरेल, राजु अधिकारी, कान्तिराम ढुंगाना, नरबहादुर खड्का, सागर बगाले, नारायण तिवारी र राजदेव अधिकारीले बहस गरेका थिए ।

आज (सोमबार) जारी सर्वोच्चको आदेशमा भनिएको छ– ‘… निवेदनको मागबमोजिमको आदेश किन हुनु नपर्ने हो ? आदेश जारी हुन नपर्ने भए आधार कारणसहित यो आदेश प्राप्त भएका मितिले बाटाका म्यादबाहेक महान्यायाधिवक्ताको कार्यालयमार्फत ४८ घण्टाभित्र बन्दीसहित लिखित जवाफ पेश गर्नु भनी यो आदेश र रिट निवेदकको प्रतिलिपि साथै राखी विपक्षीहरूका नाममा म्याद सूचना पठाई म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु ।’

सर्वोच्चको आदेश पत्र जस्ताको तस्तै :