‘कमेडी किङ’ कपिल शर्मा नयाँ ‘कमेडी शो’ लिएर आउँदै

‘कमेडी किङ’ कपिल शर्मा नयाँ ‘कमेडी शो’ लिएर आउँदै


भारतमा ‘कमेडी किङ’का नामले परिचित कपिल शर्मा पुनः कमेडियन शो लिएर आउन लागेको जानकारी प्राप्त भएको छ । कपिलको उक्त शो आगामी अक्टुबरदेखि सोनी टीभीमा प्रसारण हुनेछ ।

यसको तयारीको लागि अहिले कपिल जुटिसकेको स्रोतले जनाएको छ । विभिन्न विवादका कारण लामो समयदेखि टीभीमा नदेखिएका कपिलले अहिले आफ्नो फोकस शो र स्वास्थ्यमा गरेको पनि स्रोतले बताएको छ । लामो समयदेखि फुर्सदिला बनेका कपिल अहिले निकै मोटाउनुको साथै उनको तौल पनि निकै बढेको छ । अहिले उनले आफ्नो तौल घटाउन ट्रेनरसमेत राखेका छन् ।

विवादास्पद कार्य र अभिव्यक्तिका कारण निकै आलोचित बन्न पुगेका कपिलको त्यसपछि लोकप्रियता निकै घटेको थियो । कपिलले केही महिना पहिले नयाँ कमेडी शो लिएर आए पनि त्यो दुई शृंखलामै बन्द भएको थियो । त्यसपछि गुप्तवास बसेका कपिलले उनका लाखौँ फ्यानको अनुरोधमा पुनः कमेडियन शो लिएर आउने निर्णय गरेका हुन् ।

त्यसका लागि कपिलले आफ्नो पुरानो लाइफमा निकै फेरबदल गरेको पनि जानकारी प्राप्त भएको छ । कपिल यतिबेला कुनै पनि विवादमा पर्न चाहँदैनन्, जसको प्रभाव उनको व्यक्तिगत जीवन, करिअर र शो मा परोस् । त्यसका लागि कपिलले सोसल मिडियाबाट आफूलाई निकै टाढा राखेका छन् ।

एउटा कमेडी शो गरेको एक करोड लिने कपिललाई अब दुई महिनापछि पुनः टीभीको पर्दामा देख्न पाइने भएको छ । कपिल पुनः टीभीको पर्दामा देखिने भएपछि अहिले उनका फ्यानहरू निकै खुसी भएका छन् । सोनी टीभीले पनि कपिलको स्टारडमलाई मध्यनजर गर्दै तुरुन्तै काम शुरु गर्न भनेको छ ।