बाणिज्य बैंकको कर्जाको न्यूनतम आधार दर ६.२० प्रतिशत

बाणिज्य बैंकको कर्जाको न्यूनतम आधार दर ६.२० प्रतिशत


राष्ट्रिय बाणिज्य बैंकको कर्जाको न्यूनतम आधार दर ६ दशमलव २० प्रतिशत रहेको छ । सबैभन्दा सस्तोमा कर्जा दिन सक्ने बैंकमा वाणिज्य बैंक रहेको छ ।

कर्जा प्रवाहमा बैंकहरुबीच होडबाजी नै चलिरहेको बेलामा कर्जा लिनको लागि सबैभन्दा सस्तो सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक देखिएको छ । सरकारले चालु आर्थिक वर्षदेखि लागु हुने गरि स्प्रेडदर तोकिसकेको छ । बैंकले प्रकाशित गरेको कर्जाको आधार दर अनुसार सबैभन्दा सस्तोमा कर्जा दिन सक्ने बैंकमा वाणिज्य बैंक रहेको छ ।

वाणिज्य बैंकको कर्जाको न्यूनतम आधार दर ६ दशमलव २० प्रतिशत रहेको छ । २०७४ चैत मसान्तको तुलनामा २०७५ असार मसान्तमा औसतमा बैंकहरुको कर्जाको बेसरेट घटेको देखिएको छ । चैत मसान्तमा बेसरेट १० दशमलव ४५ प्रतिशत रहेकोमा असार मसान्तमा १० दशमलव ४१ प्रतिशत रहेको छ ।

वाणिज्य बैंकपछि कम बेसरेट रहेका बैंकमा नेपाल बैंक, स्टाण्डर्ट चाटर्ड, नबिल बैंक रहेका छन् । बेसरेट बढी भएका बैंकमा सेन्चुरी मेगा लगायतमा बैंकहरु छन् ।