स्वास्थ्यप्रति चेतना बढेपछि अस्पतालमा बिरामीको चाप

स्वास्थ्यप्रति चेतना बढेपछि अस्पतालमा बिरामीको चाप


– चन्द्रकान्त खनाल, रुपन्देही

प्रदेश नं ५ को राजधानी बुटबलमा रहेको लुम्बिनी अञ्चल अस्पतालमा एक वर्षमा ३ लाख २४ हजार ५ सय २५ जनाले सेवा लिएका छन् । ०७४ साउनदेखि ७५ असारसम्म लुम्बिनी अञ्चल अस्पतालमा इमर्जेन्सी ओपीडी अस्पतालमा भर्ना गरेर उपचारसेवा लिने, रोकथाम तथा प्रवर्धक, डेसिङ चिरफार एन्टीरेबिज भ्याक्सीन एचआईभी एडस, लागुपदार्थ, पोषण र पुनस्र्थापना गरी ३ लाख २४ हजार भन्दा बढीले सेवा लिएका हुन् ।

गत वर्षको २ लाख ९२ हजार भन्दा बढीले सेवा लिएका थिए भने ३ लाख २४ हजार भन्दा बढीले सेवा लिएको अस्पतालका सुचना अधिकृत लक्ष्मीराज रेग्मीले बताए । रेग्मीका अनुसार २०७१ मा २ लाख ५५ हजार ४ सय ८४, ७२ मा २ लाख ७१ हजार १ सय ३७, ०७३ मा २ लाख ७८ हजार २ सय ३, ०७४मा २ लाख ९२ हजार ९ सय २७ र ०७५ मा ३ लाख २४ हजार ५ सय २५ जनाले सेवा लिएका छन् । गत वर्षको भन्दा यस वर्ष ३० हजार बढीले सेवा लिएको उनले जानकारी दिए ।

रेग्मीका अनुसार इमर्जेन्सीमा ५४ हजार २ सय ३० ओपीडिमा १ लाख ३९ हजार ६सय १७ अस्पतालमा भर्ना गरेर उपचार गरेका १८ हजार ४ सय २२ रोकथाम तथा प्रबर्धक २९ हजार ७ सय १३ डेसिङ चिरफार ५ हजार ३ सय ८० एआरभी तथा अन्य सुई २३ हजार ८ सय ६० एचआईभी एडस १२ हजार ७ सय ५६ लागुपदार्थ दुर्व्यसनी ४३ हजार ९ सय ६ पोषण र पुनस्र्थापना १९ सय ९७ जना रहेको अस्पतालको तथ्याङ्कले देखाएको छ ।

लुम्बिनी अञ्चल अस्पताल बुटबलका प्रमुख डा. कृष्ण .प्रसाद खनालले सेवा थप वृद्धि भैरहेको र चेतनाको कारण सेवा लिनेको संख्या बढ्दै गएको बताए । डा. खनालले पहिले अस्पताल आउने बिरामी जटिल अवस्थाम मात्र आउँथे भने अहिले समान्य समस्या हुँदा समेत सल्लाह–सुझावको निम्ति बढि आउने गरेका उनको भनाई छ । स्वास्थ्यप्रति चेतना बढेकोले पनि बिरामीको चाप बढेको डा. खनालले तर्क गरे ।