ललितपुर शारीरिक सुगठनमा शाही

ललितपुर शारीरिक सुगठनमा शाही


उमेशजंग शाहीको अध्यक्षतामा ८ सदस्यीय ललितपुर जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघ पुनर्गठन गरिएको छ । पुनर्गठित जिल्ला कार्यसमितिको उपाध्यक्षमा रोशन केसी, सचिवमा लक्ष्मण थापा र कोषाध्यक्षमा प्रज्ज्वल शाक्य रहेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका केन्द्रीय उपाध्यक्ष दिनेश राजभण्डारीले जनाएका छन् । रविन तुलाधर, कर्ण थापा, इन्द्रबहादुर श्रेष्ठ र शुक्रबहादुर देउला सदस्यमा चयन भएका छन् ।

कार्यसमितिले राजन शाहीलाई उपाध्यक्ष तथा सचित प्रधान र ननिता महर्जनलाई सदस्यमा मनोनयन गरेको छ । अध्यक्ष शाहीले भावी कार्यक्रम जानकारी गराउने क्रममा मिस्टर ललितपुर शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्ने बताए ।