बास्केटबलमा केभीकेएसएसको दोस्रो जित

बास्केटबलमा केभीकेएसएसको दोस्रो जित


आयोजक काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस)ले दोस्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ लगातार दोस्रो जित हात पारेको छ । केभीकेएसएसले न्यु समिटलाई १५–१४ को साँघुरो अन्तरले पराजित ग¥यो । विजेताका कविन थापामगरले ६ अंक जोडेका थिए ।

ब्वाइजमै भ्याली पब्लिकले बुद्ध एकेडेमीलाई ४६–३६, एचएचसीएले त्रियोगलाई ४२–२१, निम्सले हिमरश्मीलाई ५५–३३ तथा लक्ष्मीपुरले न्यु बुद्धप्रकाशलाई २७–१६ ले पाखा लगाएका थिए । भ्याली पब्लिकका राहुल विकले २४, एचएचसीएका दीपराज तामाङले १६, निम्सका सुमन बोगटीले १३ र लक्ष्मीपुरका सञ्जय श्रेष्ठले १२ स्कोर गरे ।

गल्र्समा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ३५–२३, टीआईएले इनोभेटिभलाई ३५–२४, स्काइलार्कले साइपाल एकेडेमीलाई २५–१२ र त्रियोगले न्यु समिटलाई ६–२ ले पाखा लगाए । ग्रिनल्यान्डकी प्रमिला जगारीले १८, टीआईएकी रिन्चिन मोक्तानले २५, स्काइलार्ककी ललिताले १९ र त्रियोगकी निकोली श्रेष्ठले ४ अंक बटुलेका थिए ।