आशाको ‘मुक्त आशा’ विमोचित

आशाको ‘मुक्त आशा’ विमोचित


कवि आशा लिम्बूको दोस्रो काब्यकृति ‘मुक्त आशा’ काठमाडौंमा एक समारोहका बीच सार्वजनिक भयो । लिम्बूको मुक्तक संग्रह ‘मुक्त आशा’को वरिष्ठ कवि, मुक्तक लेखक तथा गीतकार रत्न शमशेर थापाले विमोचन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि गीतकार रत्न शमशेर थापाले मुक्तक लेखन कठिन भएको भन्दै मुक्तक लेखनमा नियमको प्रयोग आवश्यक रहेको बताए । उनले भिमदर्शन रोकाबाट सुरु भएको मुक्तक यात्रा आजको अवस्थामा आइपुगेको भन्दै आफ्ना केही चर्चित मुक्तक वाचन गरे ।

समकालीन साहित्य प्रतिष्ठान, बेलायतको आयोजनामा सम्पन्न कार्यक्रममा डा. ऋषिराम शर्माले समीक्षात्मक टिप्पणी गरेका थिए ।

प्रतिष्ठानका उपाध्यक्ष साहित्यकार श्रीओम रोदनको सभापतित्वमा सम्पन्ने कार्यक्रममा लेखक आशा लिम्बू, डा. लेखप्रसाद निरौला, रामप्रसाद पन्तले बोलेका थिए ।
यस अघि कवि लिम्बूको कविता संग्रह ‘आशाका रंगहरु’ प्रकाशित भइसकेको छ । आशा लिम्बुको यस दोस्रो कृतिमा एक सय एकचालीस वटा मुक्तकहरु संग्रीहित छन् ।