प्रेमिकाले शारीरिक सम्बन्ध राख्न नमानेपछि…

प्रेमिकाले शारीरिक सम्बन्ध राख्न नमानेपछि…


शारीरिक सम्बन्ध राख्न नमानेपछि पर्सामा एक युवतीलाई उनकै प्रेमीले हत्या गरेका छन् । पर्सा प्रहरीका अनुसार भारत बगहा घर भई हाल पर्साको जगरनाथपुर गाउँपालिका–४ बस्दै आएकी १८ वर्षीया बनिताकुमारी चौधरीको हत्या सोही ठाँउमा बस्ने उनका प्रेमी प्रमेन्द्र चौधरीले गरेका हुन् ।

बताइएअनुसार गत असार २८ गते दिउँसो १ बजे प्रमेन्द्रले बनितालाई भलुवाही खोला नजिकको खयरबारीमा भेट्न बोलाएका थिए । प्रेमी प्रमेन्द्रलाई भेट्न पुगेकी बनितासँग शारीरिक सम्बन्ध राख्न गरेको प्रस्तावलाई नमानेपछि प्रमेन्द्रले बनिताको घाँटीमा सल बेरेर हत्या गरेका थिए ।

हत्यापश्चात प्रमेन्द्रले बनिताको शव घिसारेर खोला किनारमा लगि खाल्डोमा गाडेको प्रहरी अनुसन्धानबाट खुलेको बताइएको छ । प्रहरीले प्रमेन्द्रलाई उनकै घरबाट पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएको छ ।