राँझामा नेपाली सेनाको अस्पताल उदघाटन

राँझामा नेपाली सेनाको अस्पताल उदघाटन


प्रधानसेनापति राजेन्द्र क्षत्रीले बाँके जिल्लाको नेपालगञ्जस्थित राँझामा बहालवाला तथा भुपू सैनिक र तिनका आश्रित परिवारहरुको स्वास्थ्य उपचारको लागि नवनिर्मित ५० बेड क्षमतायुक्त सैनिक अस्पतालको उद्घाटन गर्नुभएको छ ।

गत वर्ष (३ वैशाख ०७४)बाट भवन निर्माण आरम्भ गरिएकोे १४ रोपनी ८ आना क्षेत्रफलमा फैलिएको सो अस्पतालमा हाल जनरल मेडिकल, डेन्टल, प्याथोलोजी र रेडियोलोजी सेवाहरु संचालन गरिनुको साथै एनेस्थेसिया, सर्जन, अर्थाे र गाईनो सेवा विस्तार गर्दै लगिने योजना रहेको नेपाली सेनाले जनाएको छ ।

सोही क्रममा प्रधानसेनापति क्षत्रीले आजै बाँके जिल्लामा तैनाथ श्रीमेहर गण, नंं.४ बाहिनी अड्डा तथा डोटी जिल्लामा तैनाथ सुदुर पश्चिम पृतना हे.क्वा.को निरीक्षण भ्रमण पनि गर्नुभएको छ ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले उक्त पृतना, बाहिनी तथा गणको वस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुभई सकलदर्जालाई सम्बोधन गर्नुभएको थियो ।