धादिङमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

धादिङमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु


सिद्धलेक र थाक्रे गाउँपालिकामा आज भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

वीरगन्जबाट काठमाडौं आउँदै गरेको बा.६प ५१७५ नम्बर को कोइला बोकेको ट्रकले पृथ्वी राजमार्गको थाक्रे गाउँपालिका–८ मा ठक्कर दिँदा मकवानपुरको थाहा नगरपालिकानिवासी ९ वर्षीय रञ्जित मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डम्बरबहादुर विकले जानकारी दिए ।

यस्तै, सिद्धलेक गाउँपालिका फिसफिसेटारमा स्कुलबसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । धादिङबेंसीबाट मलेखु जाँदै गरेको बा.९२प ८११० नम्बरको मोटरसाइकललाई बा.२ख ८९९६ नम्बरको स्कुलबसले ठक्कर दिँदा मोटरसाइकलचालक ज्वालामुखी गाउँपालिका–४ का १९ वर्षीय सुजत भण्डारीको मृत्यु भएको छ । मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् । उनीहरूको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।