देउवाको विदेश भ्रमण स्थगित

देउवाको विदेश भ्रमण स्थगित


देशमा उत्पन्न राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विदेश भ्रमण स्थगित गरिएको छ ।

पत्नी आरजु देउवाको नियमित स्वास्थ्य परीक्षणका लागि देउवा पूर्वनिर्धारित कार्यक्रमअनुसार सात दिनका लागि आइतबार अपराह्न भारत जाने तयारीमा थिए ।

अहिले देशमा उत्पन्न राजनीतिक परिस्थितिमा देशमै रहेर कार्य गर्नुपर्ने आवश्यकताका रहेको भन्दै उनले भ्रमण स्थगित गरेको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै बताएका छन् ।