राष्ट्रिय क्रिकेट टिमका दुई महिलाबीच विवाह

राष्ट्रिय क्रिकेट टिमका दुई महिलाबीच विवाह


दक्षिण अफ्रिका राष्ट्रिय क्रिकेट टिमका दुई महिला खेलाडीले विवाह गरेका छन् । टिमकी कप्तान डेन बेन निकेर्कले आफ्नै टिमकी अलराउन्डर मेरिजाने कैफसँग विवाह गरेकी हुन् । दुवै खेलाडीले विवाह गरेपछि सोसल मिडिया (इन्स्टाग्राम) मा तस्बिर राखेर आफ्ना समर्थकलाई विवाहबारे जानकारी गराएका छन् ।

दुवै खेलाडीले आफ्नो नजिकका साथी, परिवार र अफ्रिकी टिमका सहकर्मी साथी तथा खेलाडीहरूको उपस्थितिमा विवाह गरेका थिए । विवाहपश्चात् उनीहरूलाई उपस्थित व्यक्तिहरूले बधाई तथा शुभकामना दिएका थिए ।

निकेर्क र कैफले सन् २००९ मा दक्षिण अफ्रिकाको राष्ट्रिय महिला टिमबाट डेब्यु गरेका थिए । निकेर्क ८ मार्च वेष्टइन्डिज र केफले १० मार्च अस्ट्रेलियाको विरुद्ध अन्तर्राष्ट्रिय खेल खेल्न मैदानमा उत्रिएका थिए ।

नेकेर्कलाई २०१७–१८ को दक्षिण अफ्रिकाको शीर्ष महिलाको पुरस्कारबाट सम्मानित गरिएको थियो । वर्तमान अवस्थामा यी दुवै खेलाडी अस्टे«लियाको बिग बेसमा सिड्नी सिक्सर्स टिमबाट खेल्छन् ।