भारतमा रुसी महिला सामूहिक बलात्कृत

भारतमा रुसी महिला सामूहिक बलात्कृत


भारतको चेन्नइमा एकजना रुसी महिलालाई बलात्कार गर्ने ६ भारतीय व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सम्बद्ध अधिकारीहरुलाई उद्धृत गर्दै समाचार एजेन्सीहरुले जनाएअनुसार ती रुसी महिलालाई हप्तादिन लागूऔषध खुवाएर बलात्कार गरिएको थियो ।

ती महिलालाई बलात्कार गर्ने व्यक्तिको खोजी प्रहरीले जारी राखेको थियो । त्यस कुकर्ममा संलग्न ६ जनालाई बिहीबार पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ ।

ती महिला बस्ने होटलकै कोठामा बलात्कृत भएकी थिइन् । २१ वर्षीय ती रुसी महिलाको अनुहारमा घाउ भएको र उनी नाङ्गो अवस्थामा होटेलको कोठामा फेला परेकी थिइन् ।

हप्ता दिनअघि भएको यस बलात्कारको घटनामा संलग्न रहेको आशङ्कामा ६ जना व्यक्तिकालाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको बताइएको छ ।

भारतमा यस्ता बलात्कारका घटनामा वृद्धि भएपछि कडा कानुन ल्याइएको छ । तर सो कानुनले पनि यस्तो कुकर्मलाई भने रोक्न नसकेको बताइन्छ ।