शेयर कारोबार ४०.७६५ ले घट्यो

शेयर कारोबार ४०.७६५ ले घट्यो


शेयरको दोस्रो बजारमा कारोबार घटेको छ । कारोबारमा आएको गिरावटसँगै सरकारले पाउने पूँजीगत लाभ कर पनि उल्लेख्य रुपमा घट्ने निश्चित भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार अघिल्लो वर्ष सरकारले पूँजीगत लाभकर एक अर्ब ४५ करोड रुपैयाँ पाएको थियो । तर यस वर्ष भने ४८ करोड रुपैयाँमै खुम्चिने अनुमान नेप्सेले गरेको छ । नेप्सेले गत आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्ममा ४३ करोड रुपैयाँ तिरेको थियो । नेप्सेका अनुसार बजार घटिरहेको हुँदा थप ५ करोड रुपैयाँ मात्रै बढ्ने नेप्सेको अनुमान छ ।

निरन्तर ओरालो लागेको शेयर बजारमा कारोबार रकमसमेत घटेको छ। शेयर कारोबार ४०.७६ प्रतिशतले घटेको छ। दोस्रो बजारमा गिरावट आएसँगै गत आर्थिक बर्ष एक खर्ब २१ अर्ब रुपैयाँको कारोबार भएको छ। जबकी अघिल्लो आर्थिक बर्षमा यस्तो कारोबार दुई खर्ब ४ अर्ब रुपैयाँको थियो।

कारोबारमा आएका शेयर संख्या पनि २५.१९ प्रतिशतले घटेको छ। गत वर्ष २९ करोड ३६ लाख कित्ताको कारोबार भएको थियो। अघिल्लो वर्षको ३९ करोड २५ लाख कित्ता शेयर कारोबार भएका थिए।