ध्यान : एउटा वैज्ञानिक धर्म

ध्यान : एउटा वैज्ञानिक धर्म


– आचार्य श्री स्वामी ध्रुव

यदृच्छालाभसंतुष्टों द्वन्द्वातीतो विमत्सरः ।
समः सिद्धावसिद्धौ च कृत्वापि न निबध्यते ।। (गीता ४–२२)

‘जुन मान्छे बिनाइच्छा वा अपेक्षाको इर्ष्यारहित भएर, आफैं प्राप्त पदार्थबाट सधैँ सन्तुष्ट रहन्छ । तथा सफलता र असफलता दुवैमा समभाव राख्छ त्यो मान्छे कुनै पनि कर्म बन्धनसित माथि रहन्छ ।’

स्थिति, परिस्थिति र व्यक्ति मानवीय तनावको यो तीनवटा कारण छ । तर, यसबाट मुक्तिका लागि एउटै उपाय छ । त्यो हो ध्यान । भगवान् शिवको विज्ञान भैरवतन्त्र किताबअनुसार १०८ प्रकारको ध्यान विधि छन् । यिनीहरूमध्ये कुनै पनि एउटा ध्यानविधिको प्रयोग गरेर हामी यसको लाभ लिन सक्छौँ । सम्पूर्ण जगत्का सबै मानिसको आन्तरिक कामना एउटै छ । त्यो कामना छ सुख (शान्ति, सफलता, सम्मान, सुरक्षा र सहयोग । सम्पूर्ण मानिसमा तीनप्रकारको चेतना छन् । त्यसमध्ये केही मानिस ब्रह्मको आनन्द (ब्रह्मानन्द)मा लीन छ वा लिने प्रयासमा रहन्छ । यिनीहरू मस्त रहन्छन् । केही मानिसहरू प्रेमको आनन्द (प्रेमानन्द, यो लोग्ने–स्वास्नीको प्रेम होइन) लिन्छ वा लिने प्रयास गर्छ । यिनीहरू व्यस्त रहन्छन् । केही मानिस सांसारिक वा भौतिकताबाट आनन्द लिने असफल प्रयास गर्छन् । यिनीहरू त्रस्त रहन्छन् । यसबाट साबित भयो कि आनन्द हामीलाई जसरी पनि चाहिन्छ । कसैले आनन्दका लागि अध्यात्मको बाटो लाग्छ । कोही रक्सीको बोटलभित्र आनन्द लिने प्रयास गर्छन् ।

अब प्रश्न उठ्छ कि हामी आनन्दको खोजीमा किन लागेका छौँ । यसको उत्तर छ– जब हामी नौ महिनासम्म आमाको गर्भमा रहन्छौँ, त्यसबेला हामीलाई दिव्य आनन्दको अनुभूति भइरहन्छ । यसकारण आनन्द हाम्रो डीएनएमा नै छ । उपनिषद्का अनुसार– आनन्दबाट मनुष्यको जन्म भएछ । आनन्दका लागि बाचिरहेछ र अन्तमा आनन्दको महासागरमा विलीन हुन जान्छ । महायोगी र महातपश्वीहरूले आनन्दलाई नै भगवान् भन्नुभएको छ । हो पनि किनकि सत्यम् शिवम् सुन्दरम्को मतलब पनि यही नै हुन्छ । सत्य नै शिव छ र शिव नै सुन्दर छ । अब हामीले बुझ्नु र सम्झनुपर्छ कि जुन आन्तरिक आनन्दको प्यास हामीलाई छ र आ–आफ्नो क्षमता र समझअनुसार खोजिरहेका छौँ त्यो बाहिर कुनै पनि ठाउँमा छैन । त्यो दिव्य आनन्द हाम्रोभित्र छ । यो बुझ्नका लागि सांसारिक वा आध्यात्मिक जगत्मा ध्यान–साधनाबाहेक कुनै उपाय नै छैन । ध्यान–योगको कुनै पनि धर्मसित सम्बन्ध छैन यो शुद्ध विज्ञान हो, जसरी विज्ञान कारण र परिणामबाट प्रारम्भ हुन्छ त्यस्तै कसैले पनि ध्यान गरेर यसको लाभ हेर्न सक्छ ।

ध्यानयोगको सम्बन्ध कुनै धर्मविशेषसित छैन, यसकारण सर्वधर्मका मानिस बेहिचक यसको प्रयोग गर्न सक्छ र गरिरहेको पनि छ । कुनै पनि व्यक्तिले दैनिक पन्ध्र मिनेटको अभ्यास गरेर यसको चामत्कारिक लाभ लिन सक्छ । तर, कम्तीमा ४५ दिन गरेपछि मात्र यसको प्रभाव मिल्छ । वर्तमानमा सर्वधर्मका मानिस ध्यान–साधना गरिरहेका पनि छन् । डाक्टरले पनि ध्यान–साधनाको लागि सल्लाह दिइरहेका छन् । औषधि निर्माता कम्पनीहरूले मेडिटेसन म्युजिक पनि निकालिरहेका छन् । हामी को हौँ, कहाँबाट आएका हौँ, मरेपछि कता जान्छौँ । यो सबै प्रश्नको जवाफ ध्यान–योगसित छ ।

ध्यानको वैज्ञानिक प्रभाव

हाम्रो शरीरको व्यवस्थापन राम्रो तरिकाले गर्न ग्रन्थिहरूले विभिन्न किसिमका हर्मोन र रसायन निष्काशन गर्छन् । जसले गर्दा स्वास्थ्य, कार्यक्षमता, धैर्यता, आत्मविश्वास, समझ र शान्ति वृद्धिका लागि सहयोग पुग्छ । तर, जब मन शान्त रहन्छ, त्यसबेला र जब हामी गहिरो निद्रामा रहन्छौँ त्यसबेला मात्र ग्रन्थिहरूले विभिन्न हर्मन निष्काशन गर्छन् । यो हर्मनहरूले नै मानसिक शान्ति, आध्यात्मिक ज्ञान, उच्च समझ तथा परम् सन्तोषको अनुभूति गराउँछ । यति मात्र होइन विवेक, सन्तुष्टि र सकारात्मक सोचमा पनि वृद्धि गर्छ ।

वर्तमानमा अस्तव्यस्त तथा अत्यधिक प्रदूषित वातावरणका कारण ग्रन्थिको कार्यक्षमता असन्तुलित भइसकेको छ । निद्रा पनि राम्रो लाग्दैन । जुन बेला निद्रा आउँछ त्यसबेला सुत्नेका लागि समय मिल्दैन र सुत्न समय पाउने बेला निद्रा नै लाग्दैन । यस्तो जटिल समस्याबाट मुक्तिका लागि दैनिक एउटा ध्यान साधना गर्नुपर्छ ।

माइन्ड म्यानेजमेन्ट मेडिटेसन टेक्निक (मनस प्रबन्धन ध्यान विधि)

हुन त जुनबेला पनि ध्यान गर्न सकिन्छ, तर प्रातः काल र निश्चित समयमा ध्यान गर्नु धेरै उपयुक्त हुन्छ । ध्यान प्रारम्भ गर्न पहिला कति मिनेटका लागि ध्यानमा बस्नुहुन्छ यो निश्चित गर्नुपर्छ । किनकि यो सोचेपछि समय पूरा भएको हाइपोथेलेमसले सङ्केत गरिदिन्छ ।

खुकुलो लुगा लगाएर सुखासनमा सुखपूर्वक लगातार १५ मिनेटसम्म आँखा बन्द गरेर बसिराख्ने । बसेपछि आमाबुवाको अनुहार सम्झिने, सबैको कल्याण होस् सबैको जीवन सुखी होस् भनेर प्रार्थना गर्ने, त्यसपछि आफ्नो अनुहारलाई सम्झिने । त्यसपछि आसपासको सबै प्रकारको आवाजलाई सुन्ने । पहिलो चरणमा लगातार पाँच मिनेटसम्म नाकबाट तीव्र गतिले गहिरो र लामो श्वास लिने र छोड्ने त्यसपछि दश मिनेटसम्म एकदम शान्त र शिथिल भएर स्वतः चलिरहेको श्वासमाथि पूर्ण रूपमा ध्यान लगाउने ।
यसको नियमित प्रयासबाट विचार हराउँदै जान्छ । प्रत्येक दिन चेतनाको स्तरमा स्वच्छता आउँदै जान्छ । २४ घन्टामा १४४० मिनेट हुन्छ । तर, १५ मिनेट समय निकाल्न पनि हामीलाई गाह्रो हुन्छ ।

प्रतिदिन हाम्रो मनले २ वटा बहाना बनाउँछ । तर जबसम्म गर्नुहुन्न । हाम्रो जीवन स्वस्थ, सुखी र आनन्दित हुन सक्दैन । हामी कति दिनसम्म यस पृथ्वीामा रहन्छौँ थाहा छैन, तर एक दिन अवश्य यो पृथ्वी छोड्नुपर्छ यो सबैलाई थाहा छ । यस जीवनको रहस्य बुझ्न आजैदेखि ध्यान–साधना गर्नुस् । जीवनको कुनै पनि समस्याको समाधान सँगैसँगै आउँछ । धेरै समस्या र तनावको कारण हो हाम्रो गलत क्रियाकलाप । गलत सोच, अशुद्ध भाव तथा नकारात्मक विचार । जसरी पानी तलतिर बग्छ र आगोको लप्का माथितिर जान्छ त्यस्तै मनको पनि स्वभाव हो, तलतिर जाने । यसलाई माथि उठाउन ध्यानशक्ति आवश्यक पर्छ । आध्यात्मिक जगत्मा सांसारिक समस्यासित मुक्तिका लागि ध्यान नै प्रथम र अन्तिम बाटो हो ।

यसको लाभ

अनावश्यक इच्छा र विचारसित मुक्ति, तनाव र अवसादबाट मुक्ति, आत्मबलमा वृद्धि, उच्च र निम्न रगत दबाबलाई सन्तुलित तथा दुखाइ र अनिद्राबाट मुक्ति । यसबाहेक एकाग्रता, धैर्य, आत्मविकास, स्मरण शक्ति र शान्तिमा वृद्धि गर्छ ।