‘युनाइटस् फेसन-शो’ सेकेण्ड एडिसन सम्पन्न (तस्बिरसहित)

‘युनाइटस् फेसन-शो’ सेकेण्ड एडिसन सम्पन्न (तस्बिरसहित)


रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी कम्पनीको आयोजनामा फेसन युनाइटस् शीर्षकमा फेसन–शोको सेकेण्ड एडिसन त्रिपुरेश्वर स्थित ब्लु स्टारमा शनिबार सम्पन्न भएको छ ।

इन्टरनेशनल कोरियोग्राफरको परिचय बनाएका राज फैंजुको सेकेण्ड एडिसन फेशन–शो ‘फेसन युनाइटस् फेसन–शो’ आयोजना भएको हो ।

फेसन डिजाइन संयोजन एम्पु फेसन डिजाइनिङ इन्ष्टिच्यूटकी सानु बज्राचार्यको रहेको उक्त फेसन शोमा २० जना व्यावसायिक नेपाली मोडलहरुले रिता लिम्बु, निर्मला केसी, सुजिना तण्डुकार, पृथा मुलेपति घिमिरे, रोजी बज्राचार्य, आशिका श्रेष्ठ प्रजापति र एम्पु फेसन डिजाइनिङ इन्ष्टिच्यूटकी फाउण्डर डिजाइनर सानु बज्राचार्यले तयार पारेका ढाका कपडाका फेसनेबल पहिरनको अलावा सिल्क, पार्टीवेयर, क्याजुयल, समर लगायतका मोहक विभिन्न डिजाइनका पहिरनमा मनमोहक क्याटवाक गरेका थिए ।

नेपाली चलचित्रकी चर्चित अभिनेत्री शुभेच्छा थापाले शो–टपरको रुपमा फेसन–शो गर्दै दर्शकहरुलाई आकर्षित गरेकी थिइन् भने कार्यक्रमको संयोजन श्रीषा बैदार फैंजुले गरेकी हुन्।

तस्बिर : प्रवीण श्रेष्ठ