एसियाकै धनी बने मुकेश अम्बानी

एसियाकै धनी बने मुकेश अम्बानी


भारतका सबैभन्दा धनीका रूपमा चिनिएका मुकेश अम्बानी अब एसियाकै धनी व्यक्ति बन्न पुगेका छन् । चीनको अनलाइन रिटेल कम्पनी अलीबाबाका प्रमुख ‘ज्याक मा’लाई पछि पार्दै मुकेशले यो उचाई हासिल गरेका हुन् ।

रिफाइनिङदेखि लिएर टेलिकम सेक्टरसम्म अत्यन्त बजबुत प्रभाव राखेका रिलायन्स इन्डष्ट्रिज लिमिटेडका प्रमुख अम्बानीको सम्पत्ति अनलाइन रिटेल सेक्टरमा उत्रिने घोषणापछि बढेर गएको हो ।

ब्लूमबर्ग बिलियनर्स इन्डेक्सका अनुसार मुकेशको सम्पत्ति ४४.३ अर्ब डलर पुगेको छ भने अमेरिकी सेयर बजारमा सूचीकृत अलिबाबाको सम्पत्ति ४४ अर्ब डलर रहेको पछिल्लो तथ्याङ्क छ ।

यसरी मुकेश अम्बानी एशियाकै सर्वाधिक धनी व्यक्ति बन्न पुगेका छन् ।