चुनावी सभामा आत्मघाती आक्रमण हुँदा १२८ को मृत्यु

चुनावी सभामा आत्मघाती आक्रमण हुँदा १२८ को मृत्यु


निर्वाचनको दिन नजिकिदै गर्दा पाकिस्तानमा दिनप्रतिदिन हिंसाका घटनामा बृद्धि हुदै गएका छन् । शुक्रबार भएका दुई छुट्टा छुट्टै घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने अरु ५० भन्दा बढी घाइते भएका छन् ।

चुनावी ‍¥यालीमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा १२८ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । पाकिस्तानको दक्षिण–पश्चिम बोलिचिस्तान प्रान्तमा आयोजित चुनावी र्‍यालीमा एक आत्मघाती आक्रमणकारीले बम विष्फोट गराउँदा यति ठूलो मानवीय क्षति भएको हो । इस्लामिक स्टेट (आईएस) ले विज्ञप्ति जारी गरेर घटनाको जिम्मेवारी लिएको छ ।

जुलाई २५ मा हुन लागेको निर्वाचनलाई लक्ष्य गरेर पाकिस्तानमा एकपछि अर्को हिंसात्मक घटना भइरहेका छन् । शुक्रबार नै बन्नुमा भएको विस्फोटमा ४ जनाले ज्यान गुमाएका थिए । २ दिनअघि पेशावरमा आयोजित कार्यक्रममा यस्तै आत्मघाती विस्फोट हुँदा २० जना मारिएका थिए । जसको जिम्मेवारी तालिबानले लिएको थियो । बीबीसीका अनुसार, बोलिचिस्तानको विस्फोट भने सन् २०१४ पछिकै भयानक हो ।