राजालाई पोस्टर उपहार

राजालाई पोस्टर उपहार


पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्रको शुभजन्मोत्सव एक सातासम्म भव्यताका साथ मनाइएको छ । जन्मोत्सवका लागि पूर्वराजसभा स्थायी समितिका सदस्य यज्ञप्रसाद आचार्यको अध्यक्षतामा गठित शुभजन्मोत्सव समितिले असार २१ देखि २७ गतेसम्म देशव्यापी रूपमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । उक्त समितिका महासचिव राधेश्याम थापाका अनुसार राजाको सुख, समृद्धि, सुस्वास्थ्य र सुदीर्घायुको कामना गर्दै पञ्चकन्याबाट माल्यार्पण गरिएको थियो । सोही अवसरमा समितिले विभिन्न मन्दिरमा गरिएको पूजाको प्रसाद, अभिनन्दनपत्र, उपहार, राजाको फोटो अङ्कित पोस्टर, शुभ सगुन प्रदान गरिएको थियो । प्रत्येक वर्ष राजाको शुभजन्मोत्सवमा विभिन्न कार्यक्रमको आयोजना गर्ने गरिएको उल्लेख गर्दै महासचिव राधेश्याम थापाले यसपटक नेपालगञ्जमा राजाको जन्मोत्सव मनाइएकोले त्यही पुगेर अभिवादन गरिएको बताउनुभयो ।

शुभजन्मोत्सवका लागि गठित लागि व्यवस्थापन समितिमा विभिन्न क्षेत्रका ३६८ जना व्यक्तित्वको सहभागिता रहेको थियो । कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू गाडी रिजर्भ गरेर जन्मोत्सवका लागि नेपालगञ्ज पुगेका थिए । नेपालगञ्जमा राजाको जन्मोत्सव मनाउनका लागि विभिन्न जिल्लाबाट आएका सर्वसाधारणले बिहानदेखि बेलुकासम्मै लामबद्ध भएर शुभकामना दिएका थिए ।